इन्डियन आइडलबाट बाहिरिएकी मेनुका आइपुगिन् नेपाल: कालाकार देखि सर्वसाधारण सम्मले गरे भव्य स्वागत



झापा । भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल’ सिजन १४ बाट बाहिरीए संगै गायिका मेनुका पौडेल सोमबार नेपाल आइपुगेकी छिन् ।

उनलाई झापाको काकडभिट्टामा चर्चित कलाकार विल्सन बिक्रम राई ‘तोक्मे बुढा’ लगायत विभिन्न संघसस्था र सर्वसाधरणले फुलमाला सहित भव्य स्वागत गरेका थिए । स्वागतको क्रममा उनलाई झाँकी र र्‍यालीसहित काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् ।

आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायेकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । तर, उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।