धरानमा दोस्रो गोर्खा ट्रेल ब्लेजर रन आगामी चैत्र ३ मा हुने भएको छ । मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यलयमा पत्रकार सम्मेलन गर्दै गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजना तथा धरान–१८ वडाकार्यालयको सहकार्यमा धरानमा दोस्रो पटक दौड प्रतियोगिता हुने जानकारी गराइएको हो ।
प्रतियोगितामा करिब ५ सय जना धावक/ धाविकाहरुको सहभागीता रहने ट्रष्टका अध्यक्ष महेन्द्र राईले बताए । उनका अनुसार दौड प्रतियोगिता धरान–१८ स्थित रत्न चोकदेखी धरान–२० विष्णुपादुकास्थित गोर्खा स्मृति पार्कसम्म ८ दशमलव ५ किमी दुरी रहेको छ । प्रतियोगितामा प्रथम हुने महिला र पुरुषतर्फ जनही नगद १५/१५ हजार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो र तेस्रो हुनेले जनही नगद १० हजार र ५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
ट्रष्टले प्रथम ÷दोस्रो विश्वयुद्वमा शहिद भएका योद्वाहरुको सम्झनामा हरेक वर्ष चैत्र ३ लाई पुर्खा दिवश मनाउँदै आएको छ ।
यस्तै, ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनसंगै विश्वयुद्व लडेका जिवित विर योद्वाहरुलाई अभिनन्दन समेत गर्दै आएको छ । यस पटक झापाका १०३ वर्षिय आर्मी न २११३७८२५ फष्ट जीआरका डम्बरध्वज लिम्बु, भोजपुरका १०१ वर्षिय आर्मी न १०७०९८१४ ÷१० जीआरका इन्द्र बहादुर राई, तेह्रथुमका बमबहादुर निङलेकु लिम्बु र खोटाङका ९९ वर्षिय डम्बर सि सुप्तिहाङ राईलाई अभिनन्दन गर्ने ट्रष्टका अध्यक्ष राईले बताए ।