धरान, २७ माघ ः धरानमा सम्पन्न गोधुली रनिङ कप फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिका वडा नं. १३ च्याम्पियन बनेको छ ।
शनिबार धरान– १६ स्थित रङ्गशालामा सम्पन्न २४ औं संस्करणको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा धरान–१३ ले धरान–१७ लाई ५–३ गोलको अन्तरले पराजित गर्दै उपाधि जीतेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । ट्राईबेकरमा धरान–१३ का राजिव खड्का, बिपिन श्रेष्ठ, मिलन लिम्बू, दोर्जे तामाङ, बिबेक राईले गोल गरेका थिए ।

त्यस्तै धरान–१७ का खेलाडी मिलन राई, सबिन राई, युनेश बुढाथोकीले गोल गरेका थिए भने साजन राईको प्रहार आउट भयो । प्रतियोगिताको विजेता धरान– १३ ले १ लाख ५० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगिताको उपविजेता धरान–१७ ले ७५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । खेलमा बिजेता र उपबिजेतालाई धरान–१८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले मातापिताको नाममा २५÷२५ हजार रुपैयाँ समेत प्रदान गरे ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, धरान–१७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले पुरस्कार प्रदान गरे । फाईनल खेलको म्यान अफ दि म्याच धरान–१३ का खेलाडी दोर्जे तामाङ घोषित हुँदै ५ हजार ५ सय रुपैयाँसहित ट्रफि प्राप्त गरे ।
खेलमा बेस्ट प्लेयर धरान–१७ का प्रज्वल थापा घोषित भएर १५ हजार रुपैयाँसहित मेडल प्रमाणपत्र प्राप्त गरे । धरान–१७ बाट राईजिङ प्लेयर युनेश बुढाथोकी, बेस्ट मिड फिल्डर दिवस सुनुवार र बेस्ट स्ट्राइकर तपन राई घोषित भएर जनही ५ हजार ५ सय रुपैयाँसहित ट्रफि प्राप्त गरे । धरान–१३ का मिलन लिम्बुले बेष्ट स्कोरर घोषित भई ७ हजार ५ सय रुपैयाँसहित मेडल प्रमाणपत्र प्राप्त गरे । उनले खेल अवधीभर ५ गोल गर्नु भएको थियो । यस्तै बेस्ट गोलकिपर धरान–१३ का मिलन घिमिरे, बेस्ट डिफेन्डर धरान–१३ का निश्चल श्रेष्ठ, बेस्ट कोच धरान–१३ का सिजन राई घोषित भएर जनही ५ हजार ५ सय रुपैयाँसहित ट्रफि प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम धरान–१४ घोषित भयो ।