धरानमा सप्तकोशीबाट पानी ल्याईने ः मन्त्री राई




धरान, विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने तयारी भएको बताएका छन् ।


आज धरानमा आयोजीत कार्यक्रममा बोल्दै उनँले सप्तकोशीबाट पानी ल्याउन योजनाको सर्भेक्षण कार्य सकिएको बताए । आज धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा आयोजीत कार्यशाला उद्घाटन गर्दै मन्त्री राई त्यस्तो बताउका हुन ।


उनले खानेपानीको सर्भेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको बताए । उनका अनुसार योजनाको लागि ५ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा उक्त रकम विनियोजन हुने मन्त्री राईले जानकारी दिए ।
दश वर्षभित्र लगानी उठाउने योजना सहित सुरु हुने खानेपानी योजनामा पुरा हुन तीन वर्ष लाग्ने बताइएको छ ।
मन्त्री राईले सप्तकोशी नदीबाट लिफ्टिङ सिस्टमबाट पानी ल्याउन लागिएको बताए । त्यस्तै स्थापना गर्न लागेको विशिष्टिकृत अनुसन्धान केन्द्रका लागि धरान उपयुक्त ठाउँ भएको बताए । उहाँले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको विषयमा नाष्ट केन्द्रित हुनुपर्ने बताए ।