जापान छाडेर गाउँमै लाखौंको कमाई



S.K. Kharel

तम्घास । गुल्मीको रेसुंगा नगरपालिका–८ खानीगाउँकि कमला भलामी सन् २००८ मा जापान पुगेकि थिइन् । उनी जापानमा रहदा मासिक साढे तीन देखि चार लाखरुपैयाँ कमाउथिन् । तर उनी उक्त कमाई छोडेर सन् २०११ मा स्वदेश फर्किएर गाउँमै च्याउ खेती सुरु गरिन् ।


करिब चार वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएकि कमलाले मासिक ३० लाखको कारोबार गर्ने गरेकि छन्। त्यतिमात्र नभएर उनेले २५–३० जनालाई रोजगारी पनि दिएकी छिन् । 


दुई वर्षदेखि श्रीमान् रमेश भलामीले पनि कमलालाई साथ दिईरहेका छन् अहिले दुवैजना च्याउ खेतीमै व्यस्त छन् ।