दमक। किरात राई चाम्लिङ खाम्बातिम दमक नगर समितिको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएकोछ ।
शुक्रबार दमक स्थित जसपा नेपालको नगर पार्टी कार्यलयमा आयोजना गरिएको अधिवेशनले महेन्द्र चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्य नयाँ नगर समिति चयन गरेको छ।
कार्यक्रमलाई किरात राई चाम्लिङ खाम्बातिम झापा जिल्ला सदस्य प्रताप सिंह राईले प्रमूख आतिथ्यता गर्नु भएको थियो भने बान्तावा खिम दमक नगर अध्यक्ष रमेश राईको विशेष आतिथ्यता रहेकोे थियो । कार्यक्रमबाट प्रेम चाम्लिङ राईको संयोजकतामा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएकोछ ।
कार्यक्रममा शिक्षा छेत्रमा लामो समयसम्म सेवा गरिरहनु भएका इलाम चुलाचुली स्कुलका प्रीन्सिपल चन्द्रप्रकाश राई, किरात राई यायोक्खा दमक २ का वार्ड अध्यक्ष एवं खाम्बातिम दमक नगर समिति सदस्य कल्पना राई, त्यस्तै यायोक्खा दमक नगर कोषाध्यक्ष तथा किरात राई बान्तावा खिमका नगर अध्यक्ष रमेश राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
खाम्बातिम दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ राईले अध्यक्षता गर्नुभएको कार्यक्रममा लाल सुन्दर राईको स्वागत मन्तव्य रहेको थियो भने समितिका नगर सचीव रबिन राईले कार्यक्रम संचालन गर्नुभएको थियो ।