धरान, धरानमा सम्पन्नमा दोस्रो आधारभूत स्तरीय प्याब्सन प्रेसिडेन्ट फुटबल प्रतियोगीताको उपाधी प्रभात बोर्डिङ स्कुलले जीतेको छ ।
सम्पन्न प्रतियोगीतामा धरानकै होलिल्यान्ड स्कुललाई २–० गोलले हराउँदै प्रभातले उपाधी हात पारेको हो । विजेता प्रभातले नगद १५ हजार र ट्रफी तथा प्रमाणपत्र पायो भने उपविजेता बनेको होलिल्यान्डले नगद १२ हजार, ट्रफी र प्रमाणपत्र हात पा¥यो ।
विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले पुरस्कार रकम तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा विजेता र उपविजेतालाई बधाई ज्ञापन गर्दै उनले धरान खेलकुदको सहरका रुपमा चिनिन यस्तै खेलकुद गतिविधिहरुले सहयोग पु¥याएको बताए । उनले धरानको खेलको विकासमा धरान उपमहानगपालिकासँधै सकारात्मक रहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
नीजि विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन धरान नगर समितिले आयोजना गरेको प्रतियोगीतामा जम्मा २० टिम सहभागी थिए । विभिन्न चरणमा भएको प्रतियोगीताबाट छनौट हुँदै २१ दिनमा आज फाईनल प्रतिष्पर्धा भएको हो ।