धरान, डिपो स्कुलका पुर्व व्यवस्थापन समिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार देखि सुरु भएको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र काम्रेल स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।
शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा काम्रेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९–१६ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । काम्रेल र चिल्डे्रन स्कुलले प्रत्येक क्वाटरमा १०–७, १३–९, ५–११ र ११–८ अंक जोडेका थिए भने डिपो र समिट स्कुलले ४–२, ५–६, ८–२ र १२–६ अंक जोडेका थिए ।
यसैगरि सोहि दिन भएको खेलमा युनाइटेड गोर्खाले धरान मेघा हिमालयनलाई ३१–२७ र होलिल्याण्ड स्कुलले हिमशिखर तरहरा स्कुललाई ५६–५४ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन । खेलमा युनाइटेड गोर्खा र धरान मेघा हिमालयन विच भएको खेल निर्धारित समयमा वरावरीमा सकिएक पछि समय थप गरिएको थियो । थप समयमा ४–० को अग्रता लिदैं युनाइटेड गोर्खा विजयी भएका हुन । उनिहरुले निर्धारित समयको प्रत्येक क्वाटरमा १२–५,९–७,४–८ र २–७ अंक जोडेका थिए । होलिल्याण्ड र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा १५–९, १५–१४, १७–१७ र ९–१४ अंक जोडे । सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनल खेल फागुन ८ गते हुनेछ । कक्षा १० सम्मका खेलाडिहरु मात्र सहभागि प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले जनहि नगद एक हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।