धरान : धरानमा शुक्रबार देखि सुरु भएको दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेका छ्न ।
आइतवार भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४–५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६–७ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन ।

आइतवर भएको पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५–४, २१–०, ०–१ र ६–० अंक जोडेका थिए । खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत २५ अंक जोडेका छन भने दोस्रो क्वाटर फाइनल खेलमा होलिल्याण्ड र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा २६–४, १२–१०, १५–६ र १३–७ अंक जोडेका थिए । खेलमा होलिल्याण्डका डोनिस सुनुवारले व्याक्तिगत १७ अंक जोडे ।
यस अघि आयोजक डिपो र काम्रेल स्कुल सेमिफाइनल प्रवेश गरिसकेका छन । भोलिको पहिलो सेमिफाइनल खेल प्रभात र कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल डिपो र होलिल्याण्ड स्कुल विच हुनेछ ।