काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि पनि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।