बिर्तामोड । युवा नागरिक समाजका केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियान्ता केशव भन्डारीले आफ्नो जन्मदिनको अवसरमा बुधबार फरक क्षमता भएका बालबालिकालाई खाना खुवाउनुका साथै लत्ताकपडा वितरण गरेका छन् ।
नेपाली समाजमा अहिले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्दै मानिसहरूले अनेकौं बिकृती भित्र्याईरहेको अवस्थामा अभियान्ता भन्डारिले भने फरक तरिकाले जन्मदिन मनाएका हुन् । उनले अर्जुनधारा नगरपालिका-६ कप्तानबारिमा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रमा रहेको फरक क्षमता भएका बालबालिकालाई खाना खुवाउनुका साथै लत्ताकपडा बितरण गरेर मनाएका हुन् ।
कार्यक्रममा नागरिक समाजका सदस्यहारु साथै अन्य शुभचिन्तकहरुको उपस्थितमा रहेको थियो भने ५४ वटा मैन बत्ति बालेर कार्यक्रमलाई अझ आकर्षक बनाइएको थियो।
उक्त अवसरमा सरोकार केन्द्रका संचालक कृष्ण देव दुलालले भन्डारिलाई जन्मदिनको शुभकामना दिदै संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । विभिन्न ठाउँमा असाह्य र अन्यायमा परेकालाइ सहयोग गर्दै बेथिति अनियमितता भ्रस्टाचार विरुद्ध निस्वार्थ आवाज उठाउदै आएको सस्थाले देशभक्ती गित गाउदै कार्यक्रमको अन्त्य गरिएको थियो ।