कुमरखोद झापा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का झापा जिल्ला उपाध्यक्ष सन्तोष गणेशलाई मातृ शोक परेको छ ।
झापा गाउँपालिका वार्ड नं. २ झापा बजार निवासी गणेशकि आमा स्व.बाबनी देवी गणेशको बिहिवार बिहान ८ बजे निवासमै ७९ वर्षको उमेरमा निधन भएको हो ।
लामो समय देखि स्वासप्रस्वासमा समस्या भइ निरन्तरको उपचारमा रहेता पनि केही दिन यता मुटुमा समेत इन्फेक्सन भइ थप समस्या बढेपछी आमा को अवस्था थप जटिल बनेको उपाध्यक्ष गणेशले बताए । उनलेे स्व. आमाको हिन्दु परम्परा अनुसार आजै सदगद गरिने समेत उनलेे बताए ।


