धरान,। धरानमा वुढासुब्बा गोल्डकप हुने भएको छ । गोल्डकपको २४औँ संस्करण यही फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै सम्पुर्ण प्रतियोगिताको तयारी लगभग भई पूरा भइसकेको जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा रु. ६६ लाख ५५ हजार रुपियाँ खर्च लाग्ने अनुमानित गरीएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबलमा इँटा थप्ने काम गरेको क्लबका मानार्थ अध्यक्ष तथा कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताएका छन् ।
उक्त प्रतियोगितामा , धरान फुटबल क्लब , काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), श्रीस्टार क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, , जिल्ला फुटबल सङ्घ मोरङ,र भारतीय क्लब (युके एफसी) ले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा प्रत्येक विजेताले रु.१० लाख रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई रु.३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु.१० हजार रुपियाँ प्रदान गरिनेछ र उत्कृष्ट विधाका खेलाडीलाई जनही नगद रु.२५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।