धरान रनमा करिव चार हजार धावकधाविकाहरु दौड्दै




धरान, धरानममा धरान १० के नेवा च्यारिटी रनको १२ औं संस्करण फागुन १२ गते हुने भएको छ।
धरान २ धरान किचेनमा एक पत्रकार सम्मेलन गर्दै धरान रनमा करिव चार हजार धावकधाविकाहरु दौड्ने धरान रनको संस्थापक सन्तोस राईले बताए ।
१२ बर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक राईले बताए ।
“शिक्षाको निम्ति दौड” भन्ने मुल नाराका साथ हरेक उमेर समुहका महिला तथा पुरुषहरुको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम स्वस्थ गराउने उदेश्यले यस संस्थाको स्थापना गरेको उनले बताए ।
धरानको गौरव र पर्यटन,प्रवर्द्धन विकासको अभियानसंग जोडिएको धरान रनमा करिव चार हजार धावकधाविकाहरु सहभागी हुने धरान रनका अध्यक्ष रमु राईले बताए ।
स्थानीय धावक धाविकाहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिइनेछ भने ह्विल चेयर रेस, र यस पटक जनप्रतिनिधिहरुको लागि बेग्लै दौड पनि हुने आयोजकले जनाएको छ ।
जस्मा २२ जना जनप्रतिनिधिहरुले भाग लिने भएको आयोजकले जनाएको छ। सहभागीहरूलाई चिप टाइमिङ सिस्टम प्रयोग गरेर सही दौड समय मापन गर्न ३ हजार चिप खरिद गरेर प्रयोग गरिने पनि धरान रनका अध्यक्ष राईले जानकारी दिए ।
प्रतियोगितामा १६ देखि ३९ वर्ष भित्रका खुल्ला दौड समूहमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष स्पर्धातर्फ क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । यस्तै, १२ वर्ष मुनिको समूह, १२ वर्षदेखि १५ वर्षसम्मका उमेर समूह र ४० वर्ष माथिका भेट्रान उमेर समूहमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुषतर्फ विजेताहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।
साथै, ६० वर्ष माथिका धावक धाविकालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष राईले बताउनुभयो ।सहभागी सबैलाई टिसर्ट उपलब्ध गराउने र दौड पुरा गर्ने सबैलाई प्रमाणपत्र र आकर्षक मेडल दिने आयोजकले जनाएको छ।
कार्यक्राममा अतिथीको रुपमा नायिका तथा मोडेल नीति शाह र गोर्खा विग्रेड ब्याण्डबाट प्रस्तुती हुने साथै समापन समारोहमा खेलकुद तथा समाजमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिने अध्यक्ष राईले बताए।