झापा। झापाको कनकाई नगरपालिका-३ मा एक बृद्ध झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।

आज बिहान करिब ६ः३० बजेको समयमा कनकाई-३ बस्ने ८० वर्षीय बालकृष्ण मैनालीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
आफ्नै घरको कम्पाउण्ड वालको अगाडीपट्टी दाहिने साईडको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत अबस्थामा उनी फेला परेका थिए ।
उनकी श्रीमती राममाया मैनालीले देखेर ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत बताए ।