धरान, भिजन फिटनेसको आयोजनामा यहि फागुन १९ गते शनिवार हुन लागेको धरान उपमहानगर स्तरीय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगतामा धरान उपमहानगरपालिका भरीका फिटनेस सेन्टरवाट १८ जना खेलाडिहरुले प्रतिस्पर्धा गर्ने भएको छ । ५५ केजिमा ५ जना , ६० केजिमा ५, ७० केजिमा ४ र ७५ केजि तौल समुहमा ४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्न लागेका हुन ।
प्रतियोगिताका विजेता खेलाडीले नगद रु. ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने दोस्रो, तेस्रो र चौथो हुनेले नगद रु. २५ हजार, १५ हजार, १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी व्यक्तिगन उपाधि तर्फ वेस्ट पोजर, वेस्ट इम्प्रुभमेन्ट, वेस्ट मस्कुलर र वेस्ट टिम उपाधि विजेताले जनहि नगद रु.५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस अघिको मि. भिजन प्रतियोगितामा भिजन फिटनेसका खेलाडिहरुले मात्र प्रतिस्पर्धामा भाग लिन पाउथ्यो । पाचौमा भने धरान उपमहानगरपालिक भरीका खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनेछ । प्रतियोगितामा पुर्व विजेताहरुले सहभागिता हुन नपाउने भएका छन । प्रतियोगिता धरान १३ स्थित बेन्क्वीट पार्टी प्यालेसको हलमा हुनेछ ।