धरान, २२ फागुन , स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पोमा एघार दिनमा ९ करोडको कारोबार भएको छ ।
फागनु ११ गतेबाट सुरु भएको एक्स्पोमा आज एघारदिन सम्ममा ९ करोडको कारोबार भएको र १ लाख ५हजार जना जत्तिले अवलोकन गरेको सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिए । गत वर्षको तुलनामा यसपटकको धरान एक्स्पोमा व्यापार व्यवसायमा विविधता रहेकाले सहभागीहरु पनि उत्साहित बनेको महासचिव प्रधानले बताए । उनले भने ‘यसपटक स्थानीय कृषि उत्पादन देखि देश विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौं।’

एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका राखिएका छन् । त्यस्तै धरानको खेल पर्यटनलाई प्रवद्र्धन गर्न लिपलाईन देखि प्याराग्लाईडिङ र विभिन्न खेलहरु राखिएका छन् । त्यसैगरी विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाईकलका स्टलहरु एक्स्पोमा राखिएका छन् । व्यापारमा विविधतासँगै व्यवसायीहरु पनि उत्साहित देखिएका छन् ।
बिराटनगरबाट साबुन र सर्फको व्यापार गर्न आएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भईरहेकोमा उत्साहित छन् । धेरै बर्ष अगाडी देखि मार्केटिङको काम गर्दै आएका उनले अहिले धरान एक्स्पोमा बम्पर अफर सहित साबुन र सर्फ बिक्री गरिरहेका छन् । उनको स्टलमा निक्कै भीड लाग्ने गरेको छ । एक्स्पोमा ३ जना स्टाफ समेत राखेर व्यापार गरिरहेका छन् उनी सुखी व्यक्त गर्दै भन्छन्, ‘एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन निशुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु । त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भईरहेको छ ।’
उनले दैनिक रुपमा १ लाख देखि एक लाख ७०-८० हजारसम्मको ब्यापार गर्दै आएको बताए ।
धरान एक्स्पोमा जुम्लाबाट अग्र्यानिक स्याल लिएर आएका गङगा देबि राउत पनि व्यापार राम्रो भईरहेको बताउछन् । ८÷१० बर्ष अगाडी देखि यसरी नै प्रत्येक हाटबजार र उत्सब तिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचे भन्दा राम्रो व्यापार भएको बताउछन् । दैनिक ४० देखि ५० हजाारको स्याउ बिक्री भईरहेको बताउँदै उनी भन्छन, ‘धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो ब्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिईँन ।’ उनले एक्स्पोमा जुम्लाबाट ल्याएको अर्गानिक स्याउ, मर्सी चामल, गहुको चामल, सिलाजित, दाल लगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहेका छन् ।
फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारत लगायतका उत्पादन पनि बिक्री भईरहेका छन् । रोटे पिङ लगायतका खेल तमासाका साथै हरेक साँझ सांगीतिक कार्यक्रम पनि भईरहेको छ । विगतको वर्ष भन्दा यसपटकको एक्स्पो कारोकारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘धरान भित्र र कोशी प्रदेश क्षेत्रका उत्पादनसँगै देशका अन्य जिल्ला देखि विदेशका समानसमेत पाईने भएकाले एक्स्पोले ग्राहकका लागि आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा जुटाई दिएको छ । त्यसैले पनि ग्राहक र व्यापारी दुवै उत्साहित छन् ।’