यो हो हाम्रो पाँचथर ग्रुप द्वारा स्विटर र कपि, कलम वितरण



अजेन्द्र वाइवा तामङ , पाँचथर फिदिम

फागुन २७, यो हो हाम्रो पाँचथर ग्रुपले पाँचथरको फिदिममा रहेका चार वटा विद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा कपि र कलम वितरण गरेको छ ।

फिदिम नगरपालिका १ को फिदिम मा.वि. यस्तै फिदिम ४ को जागृति आधारभुत विद्यालय, सुखबोध मा.वि. र गडि मा.विमा आध्यायनरत अनाथ, दृष्टिविहिन तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको याे हाे हाम्रो ग्रुपका संयाेजक कमल याेङहाङ लिम्बूले जानकारी दिए ।

उक्त सामाग्री वितरण कार्यक्रममा फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङ, फिदिम चारका वार्ड अध्यक्ष उपेन्द्र लावती लगायत अन्य वार्ड अध्यक्षहरु, विद्यालय परिवारहरु र यो हो हाम्रो पाँचथर ग्रुपका पदाधिकारी साथै अविभावकहरुको समेत उपस्थिति रहेको थियो।