बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान हाताभित्र ड्राइभिङ रेन्ज र पार्किङ एरियाको निर्माण



धरान , बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान हाताभित्र रहेको धरान गल्फ क्लब परिसरमा ’ड्राइभिङ रेन्ज र पार्किङ एरिया’को निर्माण गरिएको छ !
धरान गल्फ क्लब र नेपाली सेनाको काली शाक्ति इन्जिनियरिङ गणको सहकार्यमा ड्राइभिङ रेन्ज र पार्किङ एरियाको निर्माण गरिएको हो ! उक्त ड्राइभिङ रेन्ज र पार्किङ एरिया नेपाली सेनाको पुर्बी प्रितनापती उपरथी डा. आश ब. तामाङद्वारा आज बुधवार उद्घाटन गरिएको हो ! उपरथी डा. तामाङले रिबन काटेर ड्राइभिङ रेन्ज र पार्किङ एरियाको उद्घाटन गरे ! उद्घाटनको क्रममा उपरथी डा तामाङले ड्राइभिङ स्किल समेत प्रस्तुत गरेका थिए !

उद्घाटन कार्यक्रममा बोल्दै उपरथी डा तामाङले नेपाली सेनाको जनतासँग जोडीने निती कार्यक्रम अन्तर्गत निर्माण गरिएको बताए ! उनले क्लबको सहयोगमा सेनाको दक्ष जनशक्ति प्रयोग गरेर निर्माण सम्पन्न गरिएको बताए ! उनले शारिरीक तथा मानसिक स्ट्रेस कम गर्न स्वास्थ्यको लागि पनि खेलकुदमा लाग्नुपर्ने बताउदै अझ पाका उमेर भएको ब्यक्तीहरुका लागि गल्फ खेल बढी उपयोगी हुने समेत बताए !

उनले आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्वता जनाए ! गल्फ कोर्सभित्र आठ लेनको ड्राइभिङ रेन्ज, कार पार्किङ र स्टोरको निर्माण गरिएको क्ल्बका उपाध्यक्ष हरि राईले जानकारी दिए ! उनका अनुसार धरान गल्फ क्ल्ब (अध्यक्ष एएसपी विरेन्द्र विक्रम लिम्बू (अप्रा) बाट निर्माण सामाग्री उपलब्ध गराएको र नेपाली सेनाको काली शाक्ति गणको दक्ष जनशक्तिले क्लब परिसरमा ड्राइभिङ रेन्ज र पार्किङ एरियाको निर्माण गरिएको हो ! नेपालकै पुरानो गल्फ कोर्सको स्थापना २०१८ सालमा भएको हो !