२४ औ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको च्याम्पियन एनआरटीले



धरान , न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ !
धरान रंगशालमा आज भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २-१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो ! एनआरटी १० औ सस्करणको बिजेता हो ! उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद रु १० लाख रुपैया हात पारेको छ ! पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेता बन्दै नगद रु ५ लाख रुपैया प्राप्त गर्‍यो ! निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ! अफिजले रोशन रानाको पासमा गोल गरेका थिए ! निकै प्रतिस्पर्धात्मक खेलको यस्तै ४४ औ मिनेटमा उमेश कार्कीले गोल गर्दै पहिलो हाफ सकिदा सम्म मोरङ्ले खेललाई बराबरिमा ल्याएको थियो ! तर, खेलको ५१ औ मिनेटमा एनआरटीका सरोज तामाङले निर्णयक गोल गर्दै ईतिहास रच्ने दाउमा रहेको मोरङलाई स्तब्ध बनाएको थियो !
खेलको उत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोसित हुँदै नगद रु. १ लाख रुपैया हात पारे ! सर्बाधिक गोलकर्ता तीन जना बने ! एनआरटीका ओफिज ओलावाले र सरोज तामाङसंगै मोरङका उमेश कार्की घोसित हुँदै नगद ३५ हजार रुपैया प्राप्त गरेका थिए ! यस्तै, बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्टाइकर एनआरटीका शिसिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट गोल किप्पर एनआरटीका पुजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोसित हुँदै जनही नगद २५/ २५ हजार प्राप्त गरे !
खेलको म्यानअफ दि म्याच एनआरटीका पदम भट्टराई घोसित हुँदै नगद रु १० हजार पाए !
धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखी सुरु भएको प्रतियोगितामा शहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च बोइजसहित ८ टिमको सहभागिता रहेको थियो !