बीपी प्रतिष्ठान नजिकै एक किशोरीको शव फेला




धरान, धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान नजिकै आज दिउँसो एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार बिपि प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सीमा अन्दाजी १९ वर्ष जस्तो किशोरीको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।
उक्त घटना बारे नेपाल प्रहरी प्रदेश कार्यालय धरानको कुकुरसहितको समूहले अनुसन्धान अघि बढाएको छ । प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको बताइएको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो खुकुरी पनि प्रहरीले फेला पारेको छ । शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।