विकास चाम्लिङ राई,
धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान १८ रत्न चौक निवासी हाल हङकङ वस्नु हुने अनिता सेनिहाङ लिम्वुको समुह वाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग प्रदान गरेको छ ।
सहयोग रकम धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, गिता सेनिहाङ र धरान १८ रत्नचोक निवासि सानि राईले गायक राईकै घरमा पुगेर वुधवार हस्तान्तरण गरेका छन । सहयोग रकमको दुई लाख २४ हजार ९ सय रुपैया नवराम राईको खातामा हालिदिएका थिए भने वाकि रकम ८३ हजार रुपैया उनकै हातमा प्रदान गरेका हुन । सहयोग रकम अनिता सेनिहाङले हङकङमा रहेका रत्नचोक निवासी, आफु काम गर्ने कम्पनीका सहकर्मीहरु र आफ्नो समुहका साथीहरु संग संकलन गरि नेपाल पठाएको उनकी वहिनी गिता सेनिहाङले जानकारी दिए ।
गुरासको फेद मुनि, कालो कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया गितका गायक हुन नवराम राई । लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आएका छन । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उनि करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई हाल घरमै आराम गरि रहेका छन । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएको छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको वताउछन । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको उनले वताए । उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफै गाइसकेका छन भने केहि गितमा संगित भरेका छन ।