धरान,सुनसरीको इटहरीमा जारी १४ औं इटहरी गोल्डकपको अन्तिम सेमीफाईनल खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई पराजीत गर्दै चर्च ब्वाईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय जागृती क्लबको आयोजनामा इटहरी रंगशालामा बिहिबार राती सम्पन्न प्रतिष्पर्धामा १–० गोलले पराजीत गरेर चर्च ब्वाईज फाईनलमा पुगेको हो । खेलको ८९ औं मिनेटमा समिर तामाङले गरेको एक मात्र गोल नै चर्च ब्वाइजको जीतका लागि निर्णायक बन्यो । विहिबारको खेलको म्याद अफ दि म्याच घोषित हुँदै समिर तामाङले नगद १० हजार पुरस्कार पाए ।
इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता रहेको चर्च ब्वाईज शनिबार हुने फाईनल प्रतिष्पर्धामा त्रिभुवन आर्मीसँग भिड्ने पक्का भएको छ । गोल्डकपको उपाधी विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।