-प्रा. बी के शर्मा
सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले साशन सत्ता सम्हाल्दै गर्दा सिक्किम भारतको पछौटै राज्यमा गणना हुन्थ्यो । सन् २०१८ मा आईपुग्दा यो भारतको एक समृद्ध राज्यको सुचिमा दरियो । यसको लागि एसडिएफले उच्च राजनैतिक ईमानदारीता र नैतिकता देखाउँदै काम गरेको थियो ।
सिक्किम डेमोक्रेटिक फ्रन्टले समृद्धिका निम्ति गरेका धेरै काम मध्ये एक पर्यटनको विकास हो । सिक्किमको शुन्दर भुबनोटलाई विकासले सु-सज्जित गरेपछि पर्यटकहरुको रोजाईमा परेको हो। सन् १९९४ मा एसडिएफले सरकारको नेतृत्व गर्दैगर्दा करिव ७० हजार पर्यटकहरु सिक्किम घुम्न आउथे । अहिले यो सख्या २५ लाखको हाराहारीमा पुगेका छ । यसको लागि सरकारले पर्यटकको संख्या बढाउन समाज, संस्कृतिको उत्थान तथा पर्यटकिय स्थानको सौन्दर्यीकरणमा धेरै काम गरेको थियो । धेरै राज्य वा देशले धर्म, संस्कृतिमा लगानी गर्दैन । तर सिक्किम सरकारले विभिन्न धर्मवालम्वीहरुको आस्थाको केन्द्र निर्माण गर्न निरन्तर बजेट छुट्यायो । यहि क्रममा नाम्चीको साम्डुप्चे डाँडामा १३५ फिट अग्लो गुरु रिम्पोचेको र राभाङलामा १३० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरियो । नाम्चीकै सोलोफोक डाँडामा १०८ फिट अग्लो भगवान् शिवको प्रतिमा सहित सिद्धेश्वर धाम स्थापना गरियो । यही धामको परिसरमा साई मन्दिर र किरातेश्वरको मुर्ति पनि स्थापना गरिएको छ । पाल्जर नाम्ग्याल उच्वत्तर कन्या विद्यालयको परिसरमा नयाँ चर्चको भवन पनि निर्माण गरियो । सबै धर्मलाई समेट्ने क्रममा अन्य विभिन्न धर्मसंग सम्बन्धित धार्मिक स्थान, प्रतिमा र सर्किटहरु पनि निर्माण गरियो ।
त्यस्तै शिक्षामा अभुतपुर्व परिवर्तन आयो । नागरिकको जीवन स्तर उकास्नको लागि शिक्षालाई सस्तो, शुलभ र प्रभावकारी बनाउन उदेश्यले एसडिएफले शुरुवाती दिनबाटै काम गर्यो। परिणाम त, तत्कालिन अवस्थामा पछौटे राज्यको परिचय बोकेको सिक्किम, आज शिक्षा लिन चाहनेको केन्द्र भएको छ । एसडिएफले सत्ता सम्हाल्दै गर्दा सिक्किम साक्षरता दर ५७ प्रतिशतको हाराहारीमा थियो । आज सिक्किमको साक्षरता दर झन्डै ९७ प्रतिशत पुगेर भारत भरीकै सर्वश्रेष्ठ साक्षर राज्य भएको छ । शिक्षालाई बढावा दिन र प्रभावकारी बनाउन पवन चाम्लिंगको सरकारले विद्यालयको पहुँच सहज बनाएको थियो । यसको लागि २६४ को संख्यामा रहेको विद्यालयलाई एसडिएफले ७६७ पुर्याएको थियो । पहिले विद्यालयका भवनहरु कच्चा थिए । आजकल विद्यालयको मजबुत र आधुनिक भवनहरु मात्र छैनन् । विद्यार्थीको सिकाईलाई प्रभावकारी र अभ्यास मूलक बनाउन आवश्यक प्रयोगशालाहरु पनि स्थापना गरिएको छ । ल्याव, पुस्तकालय, कम्प्युटर कक्षा र अडिटोरियमको व्यवस्था गरिएको छ । कलेज वा विद्यालयको संख्या बढ्दैमा शिक्षा गुणस्तरिय हुदैन । त्यसैले शिक्षालाई गुणस्तरिय बनाउन एसडिएफको सरकारले विभिन्न योजना र रणनीति बनाएको थियो । यसको लागि सिक्किम सरकारले शिक्षामा कुल बजेटको २० प्रतिशत विनीयोजन गर्दै आयो ।
एसडिएफले सत्ताको बागडोर सम्हाल्दै गर्दा ४० मेगावाट विजुली पनि उत्पादन हुदैन थियो । तर अहिले २३ सय १० मेगावाट विजुली उत्पादन हुन्छ । यसले सिंगो सिक्किमलाई उज्यालो बनाउनुको साथै, कुल ग्राहस्थ उत्पादनमा पनि योगदान दिएको छ । त्यो बेला जलविधुतबाट करिव चार करोड राजश्व आम्दानी हुन्थ्यो भने, अहिल त्यो आम्दानी २२०० करोड पुगेको छ।
एसडिएफ सरकारमा आउँदै गर्दा सिक्किममा १६०० किलोमटिर सडक थियो । अहिले ८००० किलोमिटर सडक सञ्जाल बिस्तार भईसकेको छ । यसले गर्दा सम्पुर्ण सिक्किम राज्यभरी सडक सुविधा पुगेको छ । सन् २०१८ को सेप्टेम्बरमा पाक्योंगमा निर्माण गरिएको विमानस्थलको उद्घाटन भएपछि सिक्किम हवाई सञ्जालसंग पनि जोडियो ।
भौतिक विकासको कामलाई अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रसंग जोडिएको छ । स्वास्थ्य सेवा विस्तार र प्रभावकारी गर्न अस्पताल भवनहरु निर्माण भएका छन् । त्यसैगरी विद्यालय भवन तथा खेलकुद रंगशालाहरु निर्माण भएका छन् । विकासको क्रममा पर्यावरण र नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखिएको छ । त्यसैले सिक्किमले अर्गानिक कृषि प्रणाली अपनाएको छ । परिणाम त आज सिक्किम एक अर्गानिक स्टेटको रुपममा मात्र चिनीदैन । यहाँको हरियााली, शुन्दरता र सिंगो पर्यावरण बाहिरी दुनियाँको लागि आकर्षण बनेको छ ।
पहिले किसानले मिहीनेत र परिश्रम गर्थे । तर उनीहरुले आफ्नो परिश्रमको उचित मुल्य पाइरहेका थिएनन् । एसडिएफ सरकारमा आएपछि किसानको उत्पादनको न्युनतम मुल्य तोक्ने र बजार नियमन गर्ने काम भयो । परिणाम त मिहीनेत नगरी मुनाफा कमाउने बिचौलियाहरुको दबदवा समाप्त भयो । साथै सिक्किमको हावापानी अनुसारको खेती तथा कृषि उत्पादनलाई प्रोत्साहन गरियो । त्यस मध्ये अदुवा, अलैची र डल्ले खुर्सानी (अकबरे) लाई सिक्किम बाहिर पठाउन सक्ने गरी उत्पादन बढाइयो । यसरी कृषिलाई बढावा दिइएको सिक्किमलाई सन् २०१६ जनवरी १८ मा पुर्ण जैविक राज्य घोषणा गरियो । साथै कृषि कर्ममा रहेकालाई प्रोत्साहन गर्न सन् २०१८ मा कृषि पेन्शन शुरु गरियो । पचास नाघेका किसानलाई प्रति महिना एक हजार प्रदान गरेर कृषि पेन्शन शुरु गरिएको थियो । बन जंगलका रुख ढाल्न वा काट्न बन्द गराउने सिक्किम विश्वकै पहिलो राज्य हो । एसडिएफ सरकारले जंगलको साथै जंगली जनावरको पनि हित हुने योजना ल्यायो । त्यो योजनाले सिक्किममा सबै जंगली जनावरको शिकारमा प्रतिवन्द लगायो । यस्तो काम गर्ने सिक्किम विश्वकै पहिलो राज्य बन्यो ।
सिक्किमको विकासले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । विकासले जीवनशैली परिवर्तन भएपछि नागरिकको जीवन सहजमात्र भएको छैन । औषत आयु बढ्ने र बाल मृत्युदर घटेको छ । एसडिएफले सरकारको नेतृत्व गर्दैगर्दा सिक्किममा शिषु मृत्युदर प्रति हजारमा ५१ थियो । सन् २०१५ को तथ्यांक अनुसार यो प्रतिहजार १८ मा झरेको छ । यो झन्डै ६६ प्रतिशले कमी आएको हो । यो प्रगतिको लागि स्वास्थ्य सेवासंगै रोजगारी र शिक्षाले पनि योगदान गरेका छ । रोजगारीले गुणस्तरिय जीवन बाँच्ने आधार दियो भने शिक्षाले आफ्नो स्वास्थ्यको बारेमा सचेत हुने ज्ञान दियो । औषतमा ६२ बर्ष बाँच्ने सिक्किमेलीहरु आजकल ७३ बर्ष बाँच्न थालेका छन् ।
एसडिएफ सरकारले सिक्किमको मुहार बदल्यो अनि सिक्किमेललीको जीवनमा सहजता ल्यायो । यो परिवर्तनको लागि सरकारले गरेको काम नै हो । तर काम गर्नको लागि आवश्यक राजनैतिक इमानदारीता र नैतिकता चाहिन्छ । लोकतन्त्रप्रतिको विस्वास र त्यही अनुरुपको व्यवहार चाहिन्छ । अहिलेको सरकारले लोकतन्त्रप्रतिको ईमानदारिता देखिदैन । बस्, उसको लागि राजनीति र निर्वाचन सत्ता प्राप्तिको खेलमात्र हो । तसर्थ, सिक्किमेलीले फेरि एक पटक आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छ ।