बिकास चाम्लिङ राई,
एलाइनेट जिमको आयोजनामा यहि चैत्र २४ गते शनिवार हुनलागेको पाचौ मि. कोशि शारिरिक शुगठन प्रतियोगिताको प्रि–जज राउण्ड सम्पन्न भएको छ ।
धरान १३ अमरहाट स्थित कर्भडहलमा शुक्रवार संपन्न प्रि–जज राउण्ड वाट ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३÷३ जना फाइनल चरणका लागि छनौट भएका छन । उनिहरुले शनिवार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल चरणमा सवै तौल समुह वाट २२ जना प्रतिस्पर्धि खेलाडिहरुले प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए ।
प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।