जनता समाजवादी पार्टी वडा कार्यसमितीद्वारा रक्तदान



‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिती धरान-१३ को आयोजनामा रक्तदान कार्यक्रमस सम्पन्न भएको छ ! जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा वडाको फुस्रे चोकमा शनिबार रक्तदान कार्यक्रम आयोजना भएको हो ।


रक्तदानमा ३५ पिण्ट रगत सकलन भएको जसपा वडा कार्यसमितिका अध्यक्ष सन्त बहादुर लिम्बुले जानकारी दिए । पाटीका नेता, कार्यकता तथा सुभेच्छुकहरुले रगत दान गरेको अध्यक्ष लिम्बुले जनाए ! कार्यक्रमको प्रुमख अतिथी धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्र विक्रम बेघा रहेका थिए ।
उनले रक्तदान गर्नु भनेको कसैको जिवन बचाउनु हो भन्दै पुन्यको काम भएको बताए ! कायक्रममा जसपाका नगरअध्यक्ष ताजुव लिम्बुलगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।