धरान , एलाइनेट जिमको २१ औ प्रस्तुति अन्तर्गत शनिवार आयोजित पाचौ मिस्टर कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।
नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेको छ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए । उनिहरुले क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लवका लक्ष्मी मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोदकुमार नेपाली, मस्कुलर म्यान पम्लेक्स फिटनेस केरावारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटेनेस घोषित भए । उनिहरुले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेश माननिय विजयकुमार राई, कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वु, धरान १८ न. वडाध्यक्ष प्रविण राई, धरान ८ न. वडाध्यक्ष धनवहादुर राई, एसपि भिम दाहाल, युवा नेता ऋषिराज राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान १३ स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३÷३ जना गरि २२ जना प्रतिश्पर्धिहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि माननिय विजयकुमार राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । प्रतियोगिताको मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए !