भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा प्रतियोगितामा सलहेश युवा क्लव सिराहलाई हराउँदै चर्च ब्जाइज युनाइटेड काठमाडौंले त्रिभुवन आर्मीसँग उपाधि भिड्ने पक्का गरेको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा सलहेशलाई २-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाल्फको ३१ औँ मिनेटमा सलहेशका आसिस चापागाईंले अग्रता दिलाएका थिए ।
तर खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत चर्च ब्जाइजका नविन लामाले खेललाई बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको दोश्रो हाल्फको अतिरिक्त समयमा चर्च ब्वाइजका आरमण्डले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच चर्ज ब्वाइजका अवयोमी बने ।
प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः ५ लाख र ३ लाख पाउने छन् ।
भोजपुर रंगशालामा वैशाख ९ बाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुईसहित आठ टिमले सहभागिता जनाएका छन् ।
फाइनल खेल शनिबार त्रिभुवन आर्मी क्लब र चर्च व्वाइजबीच हुने भएको छ ।