कार्यथलोमा हुने हिंसाको सर्वेक्षण गर्दै यातायात मजदुर संगठन




काठमाण्डौं । नेपालको यातायात श्रम क्षेत्रमा रहेका यातायात श्रमिकहरुको कार्यथलोमा हुने घरेलु हिंसाको अवस्था र प्रभावका बारेमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सर्वेक्षण गर्ने भएकोछ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रश्नोत्तर सहितको सर्वेक्षण फारम सार्वजनिक गरिएकोछ ।
बैशाखदेखि असार पहिलोहप्तासम्म संगठनका नेताहरु कार्यथलोमै पुगेर सर्वेक्षण गरिने संगठनका उपाध्यक्ष तथा महिला कमिटीकी अध्यक्ष विष्णु लामाले बताए । ३ हजार श्रमिकहरुमाझ पुग्ने लक्ष्य सहित सुरु गरिएको सर्वेक्षण अभियानबाट घरेलु हिंसाका बारेमा सरकार, रोजगारदाता, संगठन तथा नेतृत्वमा रहेको सचेतना र समस्यालाई पहिचान गरि नीति निर्माणमा सुझाव दिने संगठनका सचिव तथा कार्यक्रमका संयोजक सरस्वती रिजालले बताए ।