बृखबहादुरले ९०औँ जन्म दिनमा रु.१ करोड जग्गा दान



धरान उपमहानगरपालिका १४ विजयपुरका बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म दिनमा रु.१ करोड बराबरको जग्गा दान गर्नु भएको हो ।
उहाँले आफू ९० वर्ष पुगेको अवसरमा प्राडा टङ्क प्रसाद न्यौपानेको ‘प्राडा टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ यी दुवै संस्थालाई थप केहि मद्दत पुगोस भनि रु.१करोड बराबरको ११ धुर जग्गा शुक्रबार जन्म दिनको अवसरमा प्रदान गरेका हुन् ।
‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।
भयवाद दर्शन धरान घर भइ हाल हङकङमा कार्यरत छन् । विभिन्न भाषाको अध्ययन, अनुसन्धान र भयवाद दर्शनको अध्ययनका लागि संस्था दर्ता गरेको बताए ।संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गर्नु भएको प्राडा न्यौपानेले बताए ।
‘संस्था दर्ता पछि प्राज्ञिक अध्ययन अनुसन्धानका लागि भवन निर्माण गर्न जग्गा नभएको अवस्थामा बृखबहादुर डंगोलले करिब करोड रुपैयाँ बराबरको जग्गा दान गरेकोमा , उनले खुसी व्यक्त भने,
डंगोलले दुई संस्थाका लागि प्रदान गर्नु भएको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।
९० वर्षीय डंगोलले भने, ‘प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफुले सकेको र भ्याएसम्मको जग्गा दान गर्न पाउँदा आफुलाई खुशी लागेको बताउछन् । ‘मैले आफूसँग धेरै जग्गा भएर दिएको नठान्नु होला ।’
डंगोलले धरानका विद्यालय, प्रहरी चौकी संघसंस्था, लगायत बिभिन्न ठाउँमा पनि नगदी र जिन्सी सहयोगसहित जग्गासमेत दान गर्दै आभएको छ ।
‘दुई संस्थाले धरानमा प्राज्ञिक क्षेत्रबाट प्रकाशित भएका विभिन्न पुस्तक परिचर्चा, गोष्ठी सेमिनार र वाङ्मय सम्बद्ध विमर्शका कार्यक्रमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएको छ ा प्राडा न्यौपानेद्वारा लिखित ‘किरात भाषाहरू र नेपाली भाषाहरूको व्यतिरेकी अध्ययन’ पुस्तकको विमोचनसमेत गरिएको थियो ।
न्यौपानेका नेपाली भाषा, नेपाली भाषा, व्याकरण र समालोचनाका पुस्तकहरू दुई दर्जन बढी प्रकाशित छन् । उनले नेपाली भाषालाई समृद्ध बनाउन योगदान दिनु भएको भन्दै कार्यक्रममा प्राडा न्यौपानेको प्रशंसा समेत गरिएको थियो ।