२९ देखि हुने दोस्रो अल्फा विटा ओपन बास्केटवलको तयारी अन्तिम चरणमा




धरान : २७ बैशाख , बास्केटबल खेलाडी उत्पादन तथा प्रबर्द्धन गर्ने उदेश्यले बैशाख २९ गतेबाट धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा हुन लागेको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको आयोजक टिमले जनाएको छ ।
सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १७ र महिला तर्फ ७ टिमले सहभागिता जनाउने आज बिहिवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद रु.५० हजार, र उपविजेताले नगद रु.२५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न, भने धरान मेघा उत्कृष्ट खेलाडी विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद रु. ५ हजार, ट्रफि र प्रमाणपत्र ,साथै अल्फा विटा निशुल्क कोर्ष समेत पाउनेछ्न ।
प्रतियोगिताको उदयीमान खेलाडीलाई बिजेतालाई पुरुष तर्फ उपाधिनाई नगद रु. ५ हजार र महिला तर्फका विजेताले नगद रु.२ हजार ५ सय ट्रफि र प्रमाणपत्र प्राप्त प्रदान गरिने छ !
खेलाडिहरुको हौसला वढाउनको लागि फाइनल म्याच अगाडी पुर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको थी्र पोइन्ट कम्पिटिसन हुनेछ । थी्र पोइन्ट कम्पिटिसनमा महिला र पुरुष दुबै विजेताले जनहि रु.५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्ट्समा संपन्न हुनेछ । प्रतियोगितामा झापा ,इटहरी , काठमाडौ ,धरान लगायत जिल्लाका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियेगितामा  धरान २ स्थित अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ । अल्फा विटाले स्वदेशि तथा वैदेशिक अध्यनका लागि परार्मश गर्नुका साथै अध्यनका लागि तयारी कक्षाहरु पनि संचालन गर्दै आएको छ !
उद्घाटन खेल ब्रदश बास्केटबल क्लब धरान र आइएसए नेपाल काठमाडौ बिच हुने छ !
उद्घाटन खेल देखि सेमिफाइनल खेलसम्ममा प्रबेश शुल्क क्रमश रु २० रुपैयाँ ३० रुपैया र फाइनल खेलको दिन रु ५० रुपैयाँ राखिएको छ
   अल्फा विटाको सभा हलमा भएको संपन्न पत्रकार सम्मेलनमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि , नेपाल बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा धरान १८ न. वडाका वडाध्यक्ष प्रबिन राई , अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष भिमज्वाला राई , वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो भने ,उक्त पत्रकार सम्मेलन कार्यक्रम संचालन ,संयोजक बिकास चाम्लिङले गरेका थिए ।