दोस्रो अल्फा विटा ओपन बास्केटवलमहिला तर्फ धरान मेघा र आइएसए र पुरुष तर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने




धरान :  दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ धरान मेघा कलेज र आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ यलम्वर क्लव र इमोर्टल क्लव फाइनलमा भिड्ने पक्का भएको छ ।
विहिवार भएको महिला तर्फको सेमिफाइनल खेलमा आइएसए नेपालले इमोर्टल क्लव धरानलाई ३९–२७ र धरान मेघाले रेड डेभिल्सलाई ३६–९ अंकको फराकिलो अन्तरले पराजित गदै फाइनलमा स्थान पक्का गरेका हुन । महिला तर्फको पहिलो सेमिफाइनल खेलमा आइएसए नेपाल र इमोर्टल क्लवले प्रत्येक क्वाटरमा ९–५, १०–७, १०–८ र १०–७ अंक जोडेका थिए । दोस्रो सेमिफाइनल खेलमा सहज जित निकालेका धरान मेघा कलेज र रेड डेभिल्सले प्रत्येक क्वाकटरमा ११–४, ६–३, ८–० र ११–२ अंक जोडेका थिए ।
यसै गरि सोहि दिन भएको पुरुष तर्फको सेमिफाइनल खेलमा इमोर्टल क्लवले युवा जागृति क्लवलाई ६७–३५ र यलम्वर क्लवले जेविए झापालाई ७५–३१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । दुवै टिमले सहज जित निकालेका इमोर्टल र युवा जागृतिले प्रत्येक क्वाटरमा १८–५, १६–८, १७ –८ र १६ –१४ जेडे । दोस्रो सेमिफाइनल खेलमा यलम्वर र जेविए झापाले प्रत्येक क्वाटरमा १५–६, १५–११, २२–६ र २३–८ अंक जोडेका थिए ।
उपाधिका लागि पहिलो फाइनल खेल महिला तर्फ जेष्ठ ४ गते शुक्रवार धरान मेघा कलेज विरुद्ध आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ यलम्वर क्लव विरुद्ध इमोर्टल क्लव विच प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल अघि तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेता महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।