झापा।
बिर्तामोड नगरपालिका–५ अवस्थित सुगमपम्प बाट दक्षिण बसपार्क छिर्ने बाटोमा रहेको सुकुमबासी टोलमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार भइरहेको छ , भन्ने गोप्य सूचनाको आधारमा ।
अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट पदम बिष्टको कमान्ड मा खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ७ ग्राम ५१० मिलिग्राम र २८९ ग्राम ९७० मिलिग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ एक थान मोबाई सेट सहित नियन्त्रण मा लि थप अनुसन्धान को लागी बिर्तामोड इलाका प्रहरी कार्यलय अनारमनी मा राखिएको छ्।