जसपा प्रदेश १ समिति गठन: अध्यक्षमा सन बहादुर



जनता समाजवादी पार्टी (जसपा)को १ नं. प्रदेश समिति गठन भएको छ।

सोमबार सुनसरीको इटहरी स्थित किरात राई यायोक्खाको सभाहलमा बसेको प्रदेश १ स्तरीय भेलाले सन बहादुर राईको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन गरेको केन्द्रिय सदस्य तथा जसपा प्रदेश १ का सहजकर्ता रमेश राईले बताए ।

नवगठित समितिको उपाध्यक्षमा केशरमान गुरुङ र आश कुमार राई रहेका छन् भने मुख्य सचीवमा विनोद नेम्वाङ चयन भएका छन् । समितिको सचीवहरुमा दुर्गाराज सुवेदी र राम मान्डुपा राई चयन भएका छन् भने कोष अध्यक्षमा मनकला लोवा लिम्बु चयन भएकी छिन् ।

त्यस्तै समितीका सदस्यहरुमा केवलराम राई, मिना राई, रिता बाहिङ, सनम राजवन्शी लिलाबहादुर सुनुवार, गौरीमान चाम्लिङ, मिरा कार्की , भक्त बहादुर राई, गौरीशंकर उदाश, उमेश थापा क्षेत्री, आशमान तामाङ, नैन बहादुर कटुवाल, आइतमान सम्बाहाम्फे, कुमार सुनुवार, नेत्र नेम्बाङ, विश्वराज राई, लक्ष्मी राई, रन्जित साङ्पाङ, दुर्गा राई, लोक बहादुर राई ‘खकुरा किराती, शान्तिराम गौतम, प्रेमकुमार राई, लिला राई, किसान खजुम, सरोज बस्नेत, जसहाङ साउदेन, बिमला राई, कमला रुम्दाली, यज्ञ कुमार राई, बिजय राई चयन भएका छन् ।

केन्द्रिय उपाध्यक्ष रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यमा अयोजित भेलामा राजनीतिक समिति सदस्य तथा पुर्व माननीय आर्सी तुम्बा, आङ्काजी शेर्पा त्यस्तै केन्द्रिय सदस्यहरु जितमान गुरुङ, रमेश राई, मान बहादुर राई, यसो गुरगाँई र केन्द्रिय सल्लाहकार प्राध्यापक ध्रुब सुब्बा लगायतका नेता तथा राष्ट्रिय समिति र १४ वटै जिल्लाका प्रतिनिधिहरुकोहीले उपस्थिती रहेको थियो।

सोही क्रममा पार्टी संगठनलाई व्यवस्थित गर्न प्रदेश भित्रका सम्पुर्ण राष्ट्रिय समितिहरु, जिल्ला समिति र पालिका स्तरीय समितिहरु रुपान्तरण तथा गठन सम्पन्न गर्न नेतहरुलाई जिम्मेवार बाडफाड गरि तत्काल फिल्डमा जाने नव निर्वाचित अध्यक्ष राईले दृश्य अनलाइनलाई बताए ।