इटहरी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिती गठन भएको छ ।

बिहिवार इटहरीको श्रीकृष्ण  प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती गठन भएको हो  ।
तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कर्की (मोरङ )रुद्र श्रेष्ठ (सुनसरि) मिलन दुलाल (ओखलढुङ्गा) कमलीकान्त भेट्वाल (सङ्खुवासभा) दिपेश बन (भोजपुर) रत्न प्रसाद आचार्य (खोटाङ ) मिरा गिरी (उदयपुर) उत्सब बाराल (ताप्लेजुङ) तोया भट्टराई (ईलाम ) निश्चल आचार्य (पाँचथर) भोलामान गुरुङ (सङ्खुवासभा) रबी किरण मादेन (तेह्रथुम) र सकुन्तोला कार्की (झापा ) रहेका छन् ।
प्रतिष्ठानको प्रमुख उदेश्यको रूपमा नेपाली मौलिक लोक संस्कृतिको संरक्षण सम्बर्द्ध गर्ने, भाषा र संस्कृतिको जगेर्नाको निम्ति सबै जातजाति, भेषभुषा र भाषा भाषीहरुलाई उत्साहित गर्ने, लोक प्रतिभाहरुलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको निम्ति अवसर प्रदान गर्ने, आवश्यकता अनुसार देश वा विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने त्यस्तै लोक संगीतको संरक्षणको निम्ति लोक वाद्य सामाग्रीहरुको अधिकाधिक प्रयोग गराउने, गीत गायन क्षेत्रमा गायक वा गायिका, वाद्यवादक, लेखक, संकलक तथा यसका शुभेच्छुकहरुमा राष्ट्रियता र नेपाली मौलिकपनको भावना जगाउने साथै दोहोरीगीतको अध्ययन, अनुसन्धान र तालिम गर्ने गराउने आदि रहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन ।
कोशी प्रदेशमा छरिएर रहेका लोक दोहोरी गायक,तथा विभिन्न कलाकारितामा आबद्ध रहेकाहरु लाई एक जुट भएर लोक दाहोरी संरक्षण तथा प्रर्बधन गर्ने उद्धेश्यका साथ तर्दथ समिती गठन गरिएको हो ।
तदर्थ समिती गठन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य ,प्रसासनिक उपाध्यक्ष दिपक खड्का,उपाध्यक्ष पशुपती शर्मा ,शुभाष केसी,कोषाध्यक्ष जुना सृश मगर लगायतको सहभागिता रहेको थियो ।





 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    