अमिर मगरको अध्यक्षतामा जसपा बेलबारी नगर कमिटी पुनर्गठन – Drishya Online



असार १, बेलबारी मोरङ । जनता समाजवादी पार्टी ( जसपा) को बेलबारी नगरि कमिटी पुनर्गठन भएको छ ।

शनिबार बेलबारीमा आयोजित रुपान्तरण तथा पुनर्गठन कार्यक्रम मार्फत् युवा नेता अमिर मगरको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको जसपा मोरङ जिल्ला सदस्य कमल गुरुङले जानकारी दिए । समितिको उपाध्यक्षमा लिला राई र सन्तोष तामाङ चयन भएका छ्न् भने सचीवमा शिवकुमार राई, सह-सचीवमा शशी राई र नवीन चौधरी र कोषाध्यक्षमा बासुदेव राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपा राई, हरिनारायण कलावर, भरत राई लगायत रहेका छ्न् ।

जसपा १ नं. प्रदेश समितिका उपाध्यक्ष केशरमान् गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापतित्व तिलक साम्पाङ राईले गरेका थिए ।