धरान ः डोटी बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाएका छन । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएका थिए ।
“रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भने ।
कृतिम खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताए । सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गरेको उनको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
आज खुट्टा पाएपछि निरुता तथा उनको परिवारका सदस्य खुसी भएको छ । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ