नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा विपक्षी दलका नेताहरूलाई ब्रिफिङ गरेका हुन् ।
देउवा निवासको छलफलमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए ।
बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन उनीहरूलाई आग्रह गरक थिए । यादव, लिङ्देन र ठाकुरले सकारात्मक जवाफ दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।