बिराटनगर । कोसी प्रदेशका १४ उत्कृष्ट महिला उद्यमि मध्ये इलाम बाट रमिला राई पुरस्कृत भएकि छिन् ।
शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालय द्वारा विराटनगरमा अयोजित प्रदेश उत्कृष्ट महिला उद्यमि पुरस्कार वितरण कार्यक्रम २०८० मार्फत उनी पुरस्कृत भएकी हुन् । उनले इलामको सुर्योदय नगरपालिका १० फिक्कल बजार स्थित रिसिम क्रियसन एण्ड बुटिककी सेन्टर लगायत घरेलु उद्योग सन्चालन गर्दै आएकी छिन् । उनी संगै उद्यम र उद्यमशिलताको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका प्रदेशका अन्य जिल्लाका १३ महिला उद्यमीहरु पनि पुरस्कृत भएका थिए । जसमा इलामबाट सुर्योदय नगरपालिका वडा नम्बर १० याम्फु सिलाईकटाई प्रशिक्षण केन्द्र छनोट भएको थियो ।
उनिहरुलाई कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मत कुमार कार्की साथै उद्योग कृषि तथा सहकारी मन्त्रि राम राना मगरले नगद ५० हजारको चेक, सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । रमिलाले हाल सुर्योदय नगरपालिका १० फिक्कल र तिनघरे बजारमा दुइओटा फेसन बुटीक संचालन गर्दै आएकी छिन् भने १० जनालाइ मासिक रोजगरी प्रदान गरिरहेकी छिन् । उद्योगमा उत्पादित तयारि वस्तु युके, युएस, जापान, कोरीया, थाइल्यान्ड, क्यानडा आदि देशमा सप्लाइ हुदै आएको छ । नेपालमै पनि हाल बुटिकका उत्पादनहरू लेङ्गा चोली,अर्नामेन्ट, सिलाम साक्मा, व्याग आदिको खपत बढेको रमिलाले बताईन् । उनी सुर्योदय नगरबाट उत्कृष्ट उद्ययमी तेसै गरि जिल्लामा पिरामिड नामक संस्थाबाट यस अघिनै सम्मानित भैसकेकि छिन् ।