धरानः धरान उपमहानगरपालिका १३ स्थित अमरबस्तीमा रहेको खहरे खोलामा लगाइएको व्याविङ जाली मेयर हर्कराज राईको निर्देशनमा अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएपछि विवादले उग्र रुप लिदै गएको छ ।
यस घटनाले मेयर साम्पाङ र वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेबीच द्धन्द नै सिर्जना भएको थियो सोही घटनालाई लिएर विहिबार सुनसरी जिल्लाका निमित्त जिल्ला प्रमुख अधिकारी बेदराज फुयल राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत कृष्ण बहादुर खड्का , जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बजा्रचार्य धरान १३ का वडा अध्यक्ष नेत्र काफ्ले धरानका शसस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल लगायत प्रशासनको टोलीले अनुगमन गर्नु भएको छ ।
गत जेठ महिनादेखि उक्त घटना विच स्थानिय विच विवाद हुदै आएको छ । विवाले उग्र रुप लिदै गएपछि यस विषयको समस्या समधान गर्ने उद्देश्यले अनुगमन गरिएको निमित्त जिल्ला प्रमुख अधिकारी फुयलले बताउनुभयो । यस विषयलाई प्रभावकारी समन्वयात्मक ढङ्गले समस्या समाधान नियन्त्रण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
‘ग्याविङ जाली लगाएको ८७ मिटरमध्ये ३० मिटर भत्काइएको पाइएको छ, यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको छ ,वास्तविकता बुझेर यसको समाधान गर्ने तर्फ हामी लागेका छौ । उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख उपरीक्षक विपिन रेग्मीले विवादको वास्तविकता बुझेर समाधान गर्ने अभिप्रायले धरान उपमहानगरपालिका १३ को अमरबस्ती (क) को खहरे खोलामै पुगेर अनुगमन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, लगाइएको ग्याविङ विवादित किन भयो भन्ने बुझ्नको लागि र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझ्नको लागि जिल्ला अधिकारी टिम घटना स्थल पुगेको उहाँले बताउनुभयो ।
विवादको वास्तविकता
खोला मिचेर ग्याविङ तार लगाइएको मेयर हर्कराज राईको निष्कर्षपछि उहाँले ग्याविङ तार भत्काउन लगाउनु भएको थियो । भत्काउन लगाउने क्रममा धरान उपमहानगरपालिका वडा नंं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले अवरोध गरेपछि यो विवाद उच्च उत्कर्षमा पुगेको थियो ।
मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी लगाएर ग्याविङ जाली भत्काइएको थियो । त्यसमा केही असन्तुष्ट सर्वसाधारयणले समेत साथ दिएका थिए । मेयर राईले भत्काउन खोज्दा वडाध्यक्ष काफ्लेले रोक्ने प्रयास गर्दा द्धन्द चर्किएको थियो ।
प्रदेश सरकारको बजेटमा बनेको संरचना नगरपालिकाको स्वीकृति बिना बनाइएको भन्दै भत्काइएको मेयर राईले बताउदै आउनु भएको छ । नगरप्रहरी लगाएर तारजाली भत्काएपछि रुष्ट बनेका वडाध्यक्ष काफ्लेले सार्वजनिक सम्पत्ति तोडफोड गर्नु जायज नभएको बताउनुभयो ।
खहरे खोलाले बर्सेनि क्षति गर्न थालेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कोसी प्रदेशबाट रु.२० लाख खर्च विनियोजन गरेको थियो । सोही बजेटबाट खहरे खोलामा तारजाली लगाइएको थियो ।