साइक्लिङ प्रवद्र्धन गर्दै धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना समपन्न भएको छ ।
स्वास्थ्यका लागि साइकल लाभदायक भएको भन्दै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीय स्थलकौ प्रचारप्रसार गर्ने उद्देश्यले कोरा राइड्स साइक्लिङ इभेन्टको आयोजना गरिएको हो ।
कोरा राइड्स नाम दिएको सो साइकलको रेसको प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनम सम्पन्न भएको थियो । भानुचोकबाट शुरु भएको राइड धरानको विभिन्न धार्मिकस्थलहरु भ्रमण गर्दै १९ किमीको यात्रा तयपछि धरान १९ हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भए थियो ।
धरानमा सन् २०१७ देखि नियमित आयोजना भइरहेको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले जानकारी दिए । स्वास्थ्य जीवनशैलीसँगै वातावरणमैत्री सहर र धरानका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारका लागि कोरा राइड्स साइक्लिङ रेसको आयोजना गरिएको उनले बताए ।
रेसमा १५० भन्दा बढी सहभागी थिए । सहभागी हुनेहरुलाई प्रतिव्यक्ति २ सय रुपैया लिइएको थियो । समाजसेवालाई समेत तार्गेट गरी लिएको शुल्कबाट फन्टको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउने यस कार्यक्रमलै लक्ष्य लिएको छ । गत बर्षको आयोजनाबाट उठेको रकम धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक सामाग्रीसँगै एक विद्यालयलाई शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो ।
धार्मिक तथा पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले आयोजना गरिएकोले २९ किलोमिटरको राइड भानुचौकबाट शुरु भएको साइकल रेस धरान १६, स्कोन मन्दिर, धरान १४ विजयपुरमा रहेको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरसँगै धरान ६ पानबारीमा रहेका सबै मठमन्दिरमा पुगेर धरान १९ हरियाली सामुदायिक भवनमा आएर सम्पन्न भएको थियो ।
यस्ता कार्यक्रमलाई समुदायलाई सहयोगमात्र नभई साइकलिङको प्रवद्र्धनसँगै स्वस्थ्य र वातावरणमैत्री शहरको परिकल्पनामा समेत सहयोग पुग्ने भएकोले कोरा साइक्लिङमा सहभागिता जनाइएको सहभागीहरुको भनाई छ ।
धरान भएको कार्यक्रममा तरहरा, विराटनगर, दमकका साइक्लिष्टहरुको समेत सहभागी रहेको थियो । मठ मन्दिरलाई प्रवद्र्धन गर्न तिब्बतका साइकलिष्टहरुले आफ्नो पितृको सम्झनामा साइकलिङद्धारा मठ मन्दिरको प्रवद्र्धनसँगै समाजसेव गर्ने लक्ष्य राखी शुरु गरेको यो कार्यक्रम नेपालमा भनै काठमाण्डौका साइकलिष्टहरुबाट शुरुवात भएको हो । यो कार्यक्रम देशव्यापी रुपमा आजकै दिन आयोजना गरिएको आयोजकले जनाएको छ ।
धार्मिक एवम पर्यटकीय स्थलको प्रचारप्रसार, सामाजिक कार्यमा सहयोग, स्वास्थ्य जीवनको परिकल्पना र स्वस्थ वातावरणको अवधारणा बोकेर आयोजना हुदै आएको यो कार्यक्रम बर्षेनी प्रभावकारी बन्दै गएको छ । यसमा रुची राख्नेको संख्यामा समेत बृद्धि हुदे गएकौ आयोजकको भनाई छ ।