भेडेटारमा बन्यो स्काइ वाक




पर्यटकीय क्षेत्र भेडेटारमा निर्माण गरिएको स्काई वाकको उद्धघाटन गरिएको छ ।
कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटा साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको स्काईवाक आज उद्धघाटन गरिएको छ ।
वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालीको रु.२० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको स्काई वाकको आज कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई , सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले एक उद्धघाटन गरेका हुन् ।
धनकुटा र सुनसरीको सीमा स्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र मानिन्छ । स्काईवाक सञ्चालनबाट पर्यटकको लागि थप आकर्षण बढ्ने परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले बताए । उनले भन्नुभयो ,परियोजना सञ्चालनका लागी कोसी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको छ ।
स्काइ वाक ५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टलिभिर टावरको मोडलमा निर्माण भएको परियोजना निर्देशक रोक्काले बताए । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।
चार बर्स अघि कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई उक्त स्काइवाक निर्माण थालिएको थियो ।