पत्रकारिताको धार समाउन युट्युबलाई सुझाव स् प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत



प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छ्न ।
सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबवरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह समेत गरेका छ्न ।
‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगतरुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रूपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ ।’ अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने ,नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारीपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
‘देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ । हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली बर्साएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो । यसले विकृति र वितृष्णा मात्र बढाएको छ । अध्यक्ष बस्नेतले भने, देश विकासका लागि पत्रकारिताले सिर्जनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू सहित प्रश्न उठाउनु पर्छ ।’उनले भने