घट्यो पेट्रोल र डिजेलको मुल्य




ः नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर रु.१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको निगमले बताएका छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
तेस्तै तेस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।