स्व. मनु दुलाल प्रसाई स्मृति अक्षयकोष द्वारा तीन जनालाई नगद प्रदान: Drishya Online



अजेन्द्र वाईबा तामाङ
श्रावण २९, पाँचथर । स्वर्गीय मनु दुलाल प्रसाई स्मृति अक्षयकोषले फिदिम र फालेलुङका तीन जनालाई नगद रकम प्रदान गराको छ ।


मंग्लवार जन सेवा समाज पाँचथरको समन्वयमा एक समारोहको आयोजना गरि फालेलुङ ५ का दन्दपिडित घाईते हर्कमान सेन्चुरीलाई ६ हजार ५ सय रुपैयाँ त्यस्तै फिदिम नगरपालिका १३ का शिद्वेश्वरी मा.वि. मा कक्षा १० अध्यायनरत नुमा नेम्वाङलाई ५ हजार ५ सय रुपैयाँ र सुर्यदय आधारभुत विधालयमा कक्षा १ मा अध्ययनरत सपना सार्कीलाई ४ हजार १ सय रुपैयाँ गरि जम्मा १६ हजार १ सय रुपैयाँ नगद रकम उपलब्ध गराएको हो ।

मनु टिम्बुरे हत्या काण्डमा मारिएका कुबेर दुलाल र सरस्वती दुलालकी छोरी हुन्। कुबेरको परिवारका ५ जनाको २०५० सालमा एकैसाथ अज्ञात समुहबाट हत्या गरिएको थियो ।
मनु भने घरमा नभएका कारण बाँच्न सफल भएकी थिइन । झापा निवासी नन्दीकेशर प्रसाई (नरेश)सँग विवाह बन्धनमा बाँधिएकी उनको पनि २०७३ सालमा अमेरिकामा निधन भएको थियो ।

मनुको स्मृतिमा श्रीमान नन्दीकेशर (नरेश प्रसाई) ले मनु स्मृति २ लाखकाे अक्षयकोष स्थापना गरेका हिन्। साेहि २ लाखकाे ब्याजबाट प्राप्त हुने रकम मनुको निधन भएको दिन पार्दै कोषले प्रत्येक वर्षको साउन २९ गते विभिन्न गरिब अशाहय तथा व्यक्तिहरुलाइ तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गर्ने गरिएको पाँचथर जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
फिदिम नगरपालिकाका उपप्रमूख राधाकृष्ण न्याैपानेको प्रमूख आतिथ्यमा आयोजित समारोहमा स्थानीय कमलराज नेम्वाङले मनुको जीवनी बारे संक्षीप्त चर्चा गरेकस थिए । कार्यक्रममा उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावति, समाजसेवी नरेन्द्र अधिकारीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अविभाकहरु, शिक्षक, सञ्चारकर्मी साथै जनसेवा समाजका पदाधिकारी सहभागि थिए ।