धरानमा तेस्रो अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप प्रतियोगिता हुने



धरान : विद्यालय स्तरबाटै बास्केटबल खेलको विकास गर्ने उद्धेश्यले धरानमा तेस्रो सस्करणको अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिता आउदो भर्दौ अन्तिम साता हुने भएको छ ।
डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल सघको सयुक्त सयोजनमा भर्दौ २७ देखी ३१ गते हुने भएको हो । धरान–१८ स्थित डिपोटको आफ्नै बास्केटबल कोर्टमा हुने प्रतियोगितामा सुनसरी, झापा, मोरङलगायत करिब १६ वटा विद्यालयहरुको सहभागीता रहने आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक राजकुमार राईले बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागीता पाउने उनले बताए । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विधागत पुरस्कारतर्फ मोस्ट भ्याल्लुयवल प्लेयर र हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नकआउटको अधारमा हुने बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए । दोस्रो सस्करणको विजेता धरानको होलिल्याण्ड इन्टरनेशल स्कुल रहेको थियो ।
दिबगत मेजर श्रवण कुमार लिम्बु १६ वर्ष यस विद्यालयको व्यावस्थापन समितिको अध्यक्षमा रहेर योगदान पु¥याएका थिए । उनको नेतृत्वमा डिपो स्कुललाई प्लस टु स्तरबृद्धि गर्दै डिपो आदर्श बहुमुखी क्याम्पस समेत सञ्चालनमा रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खद्ग समशेर लिम्बुले बताए । दिबगत लिम्बुको कोरोना महामारीमा परी २०७८ श्रावण १५ गते निधन भएको थियो ।