ताप्लेजुङ । ताप्लेजुङको फुङलिङबाट काफ्लेपाटी जाँदै गर्दा पक्राउ परेका ९ जना पहिचानवादी कार्यकर्ताहरु शुक्रबार सांझ रिहाई भएका छ्न् ।
उनिहरु शुक्रबार पाथीभरा/मुकुम्लुङ संरक्षणको लागि मे १ ज १५०९ नं. को बुलेरो गाडीमा चढेर काफ्लेपाटीतर्फ जाँदै गरेकाे अवस्थामा पक्राउ परेका थिए ।
पक्राउ परि रिहाई हुनेहरुमा फुङलिङ-९ का आदेश लिम्बु, जय बहादुर लिम्बु, डम्बर लिम्बु, सुरेन्द्र ताम्फु लिम्बु, राकेश लिम्बु, सन्तोश लिम्बु, प्रकाश लिम्बु, बिनय काम्बाङ लिम्बु र सोही स्थानका ट्याक्सी चालक किरण लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुकाे साथबाट द्ईथान घरेलु हतियार खुकुरी पनि बरामद भएकाे प्रहरीले जनाएकाे छ । पक्राउपछि सामान्य छलफल गरेर बिनासर्त प्रहरीले उनीहरुलाई रिहा गरेकाे बुझिएकाे छ ।
यता पहिचान पक्षधरहरुले भने पाथीभरामा कुनै हालतमा केवलकार निर्माण गर्न नदिने चेतावनी दिएका छन् । केही दिन अघि बाट निर्माण कार्यको गतिविधि पुन अघि बढाउन सुरक्षाकर्मी सहितको निर्माण टोलि सो क्षेत्र तर्फ लागेको भन्ने सूचना पाएपछि यतिबेला पहिचानवादिहरु काडा आन्दोलनको तयारी गरिरहेको एक नेताले बताए ।