धरान : पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन जितेको पाँच दिनमै प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ ।
बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा हृदयघातका कारण ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
फोनिक्स फिट्शालाका राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा उनले मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।