देउसीबाट सङ्कलित रकम क्यान्सर पिडितलाई सहयोग:



अजेन्द्र वाईबा तामाङ। पाँचथरको फिदिम नगरपालिका ४ का एक स्थानीय समूहले गत सालको देउसी बाट सङ्कलित राकम सोही वाडाकि एक क्यान्सर पीडितलाई सहयोग प्रदान गरेका छन् ।

फिदिम ४ गडि घर भएकी ब्लड क्यान्सर पीडित १६ वर्षीय बिपसा खवासलाई उक्त समूहले शानिबार एक समारोहका बिच रकम सहयोग प्रदान गरेको हो । हाल बिरामीको ललितपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण फिदिम बजारमा देउसी खेलेर जम्मा गरि राखेकाे रकम पिडितलाई सहयोग गरेको समुहकी सीता श्रेष्ठले बताइन् ।

उनको उपचार सहयोगार्थ रु.६ हजार ७ सय ४५ रुपैयाँ प्रदान गरिएको थियो । फिदिमका समाज सेवि आमा, दिदिहरु रत्न कार्की, भिमा देबि खनाल, रेसा रिजाल, दुर्गा फुयाल, सीता श्रेष्ठ , गाेमा घिमिरे लगायतको समूहले उक्त रकम संकलन गर्व्का थिए । फिदिम खानेपानीका अध्यक्ष प्रकाश गुरुङ्को उपस्थितिमा साे रकम बालिकाकाे आमा सीता खबासलाई हस्तान्तरण गरिएको थियो ।
उक्त रकम पाएपछि सम्पुर्ण सहयोगीहरुलाई बिपसा खवासकाे आमा सीता खवासले धन्यवाद ब्यक्त गरेकि थिइन् ।