अजेन्द्र वाईबा तामाङ
कार्तिक २६, पाँचथर। फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले देउसी- भैलो बाट संकलित रकमले पाईप खरिद गरेको छ । बजेट रित्तिएपछि एक महिना अघि बाढी पहिरोले अवरुद्ध पारेको पाईपलाईन निर्माण गर्न फिदिम खानेपानीले देउसि खेलेको थियोे ।
फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज ८ गतेदेखि १२ गतेसम्म आएको अबिरल वर्षा सगै आएको बाढीले विभिन्न ८ ठाँउमा पाइपलाईन बगाएपछी साे पाईप खरिद गर्नका लागि फिदिम खानेपानी द्वारा देउसिकाे आयोजना गरिएको सस्थाका अध्यक्ष प्रकाश गुरुङले बताए ।
देउसी -भैलो बाट उठेको रकम जम्मा १० लाख ५४ हजार ४ सय ३ रुपैयाँमा खर्च कटाएर ६३ हजार ३ सय ७० रुपैया गाेलाेवल इन्पेक्स धरानमा पाईप खरिद गरिसकेको र १० लाख रुपैयाँको पाईप अडर गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिए।